बङ्गलादेशको गार्मेन्ट उद्योगमा सुधारको सङ्केत देखिएको व्यवसायीको भनाइ, श्रमिक आन्दोलन जारी

काठमाडाैं | पुस २५, २०८१

बङ्गलादेशको गार्मेन्ट उद्योगमा सुधारको सङ्केत देखिएको व्यवसायीको भनाइ, श्रमिक आन्दोलन जारी तस्बिर फाइल

काठमाडौं:    बङ्गलादेशका गार्मेन्ट उद्योगीहरूले नयाँ सरकारको आगमनसँगै व्यवसायमा सुधार भएको बताएका छन् ।


मालिकहरूले व्यवसाय उकालो लागेको बताइरहँदा निराश श्रमिकहरू भन्छन् कि कडा परिश्रमपछि प्राप्त गरेको छुटले उनीहरूको परिस्थितिमा परिवर्तन गर्न खासै केही गरेको छैन, र जीवन पहिलेजस्तै कठिन छ।


आफ्नो पूरा नाम प्रयोग गर्दा आफ्नो जागिर नै धरापमा पर्ने बताउँदै गार्मेन्टमा काम गर्ने २४ वर्षीया खातुनले भन्नुभयो, “अहिले पनि पहिलेजस्तै शोषण छ । उल्लेख्य केही भएको छैन ।”


विश्वकै दोस्रो ठूलो गार्मेन्ट उत्पादक मुलुकले महिनौँ लामो हिंसाका कारण कम्पनीको उत्पादन पटक–पटक रोकिएको थियो ।


केही महिना यता देशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । 


राम्रो सुविधा र बढी तलबको माग गर्दै गार्मेन्ट फ्याक्ट्रीमा प्रदर्शन जारी छ । 


बङ्गलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स एसोसिएसन (बीजीएमईए)ले अक्टोबरमा ४० करोड अमेरिकी डलर घाटा व्यहोरेको जनाएको थियो । यस्तो कठिन अवस्थामा श्रमिकका सबै मागलाई सम्बोधन गर्न नसकिने भन्दै पाँच प्रतिशत ज्याला बढाउने सहमति सरकारसँग गरेको थियो । 


श्रमिक आन्दोलनका कारण सयौँ कारखानाहरू बन्द भएका छन् र दशौं हजारले रोजगारी गुमाएका छन् । गार्मेन्टलाई चाहिने दक्ष जनशक्ति आकर्षक आम्दानीको लोभमा खाडी मुलुक तथा अन्य विकशित मुलुकतर्फ पलायन हुने क्रम जारी छ ।


तर सेप्टेम्बरमा पाँच प्रतिशत तलब वृद्धि गर्ने सहमति भएपछि उद्योग पुनरुत्थानका लागि कतिपय श्रमिक संघ तथा संगठनले कामलाई सञ्चालन गर्न व्यवसायीलाई सहयोग गर्ने बताएपनि अझै कतिपय संगठन आन्दोलित नै छन् । 

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्